फाइल फाेटाे

रौतहट ।। रौतहटका अधिकाशं भागमा विगत दुई दिन देखि लगातारको भई रहेको वर्षा कारण मुख्य दुइ नदिहरुको जलस्तर वृद्धि भएको छ । रौतहटको दुखको रुपमा रहेको बाग्मती र लालबकैयाका साथैं झाँझ नदीमा समेत पानीको बहाव बढेकोले नदी क्षेत्रका बासिन्दाहरुलाई सतरक रहनु प्रशासनले आग्रह गरेको छन् ।
पूर्वमा रहेको बाग्मती नदीको खतराको स्तर भन्दा माथिबाट बगिरहेको छ भने लालबकैयामा पानीको वहाव बढेदै गएको भन्दै रौतहट प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सो क्षेत्रका वासीन्दाहरुलाई सतरकता अपनाउनु अनुरोध गर्नु भएको छ ।
पहाडी तथा चुरे भेगमा भईरहेको बर्षाबाट वागमती नदीको बहाव उच्च भएपछि बुधवार विहानै वाग्मती सिंचाई आयोजनाको ३० वटै ढोका खोलिएको समेत प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
बाग्मतीको सबै ढोका खोलिए पनि पूर्वी र पश्चिमी दुवै नहरमा पानी छोडिएको छैन । सबै ढोकाको साथ साथै ६ वटा सुलिस गेट पनि खोलिएको छ । प्रजिअ यादवले भने नदी किनार र तटबन्ध आसपासका बासिन्दालाई सर्तक रहन तथा खोलामा नजान अनुरोध गरे ।‘सामान्य त बागमती नदिमा ५ सय मि.लि. खतरको लेभल हो,’  प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, ‘आज बिहान बागमती नदिको लेभल ५ सय ३० मि.लि. छ । त्यसैले सबैजना सचेत हुन अत्यावश्यक छ ।’
लाल बकैया, वागमती, तथा सहायक नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष रौतहटको सदमुकाम गौर सहितको ठाउँहरु डुबान हुदै आएको छ ।
बाढी र डुवानाका कारण वर्षेनि रौतहटका करोडौको क्षति हुने गरेकोले गौर वासीमा त्रास फैलेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here