सिन्धुपाल्चोक ।। नेपाली लेग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदिका पहिरो पीडितलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका प्रभावितलाई घर बनाउनका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको हो । हिजो चौतारा पुगेर सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएको सामग्रीहरुमा जस्ता, फलामे ट्रस, पोल लगात रहेका छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १ सय वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












