काठमाडाैं ।। फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा गयराति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्नुभयो भने याजन अलले एक गोल गर्नुभयो । जितसँगै समूह ‘बी’ मा रहेको जोर्डनले ६ खेलमा १३ अङ्क जोडेको छ । नेपालले भने ७ खेलमा ६ अङ्क मात्रै जोड्न सकेको छ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here