काठमाडाैं ।। सरकारले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलागाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पतालहरुले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको भन्दा कममा काममा लगाएको गुनासो बढेपछि त्यसो नगर्न आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनम पारिश्रमिक दिन र सबै कर्मचारीलाई सामाजीक सुरक्षा कोष अन्तर्गत अनिवार्य समावेश गर्न पनि निर्देशन दिएको छ । यस्तै सरकारले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ्ग तथा सामाजीक सुरक्षा महाशाखाले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा र स्याहार उपलब्ध गराउने उदेश्यले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरेको हो । महाशाखा प्रमुख रोशनी टुइटुइले राष्ट्रिय स्वास्थ्य नीति तथा जेष्ठ नागरिक ऐन बमोजिम प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कुनै रोगबाट पीडितलाई लामो समयसम्म हेरचाह गर्नुपर्ने हुनाले जेरियाट्रिक केयर सेन्टर सञ्चालनमा ल्याउन परिपत्र गरिएको बताउनुभयो । उहाँले ‘जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड, २०७७’ बमोजिमको मापदण्ड पुरा गरेर जनस्वास्थ्य नियमावली २०७७ को नियम १२ बमोजिम इजाजत पत्र लिएर सेवा सञ्चालन गर्न अनुरोध गरिएको पनि बताउनुभयो ।
Home मुख्य समाचार स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलगाउन मन्त्रालयको निर्देशन
स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलगाउन मन्त्रालयको निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।