रौतहट ।।
रौतहट जिल्लाको गरुडामा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका छन् !
दोस्रो पटक प्रतिनिधि सभा भंग गरेको विरोधमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य एवं रौतहट जिल्ला इन्चार्ज बृज किशोर यादवको नेतृत्वको टोलीले राष्ट्रापति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त रुपमा पुतला जलाएको हो !
नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधत्व गर्ने सदस्यले प्रधानमन्त्रीमा नियुक्तिको लागि दावी पेश गर्नु पर्ने आव्हान गरेपछि प्रतिनिधि सभामा दावी पेश गर्दा विश्वासिलो अवस्था नरहेकोमा छानविन गर्नुको साटो प्रधानमन्त्रीको सिफारिशमा शुक्रवार राति राष्ट्रपति भण्डारीले गरेको संसद विघटन असंवैधानिक एवं संविधानको भावना विपरित भएको भन्दै जसपाका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएर विरोध प्रदर्शन गरेका हुन !
जसपाका नेता बृज किशोर यादवले राष्ट्रपतिको कदम संविधान विपरित भएको भन्दै आलोचना गरेका छन् ! मुलुकलाइ राजनीतिक निकास दिनुको साटो राष्ट्रपति भण्डारीले एउटा पार्टीको अध्यक्षको इशारामा संसद विघटन गरि जनताको भावना सित खेलवाड गरेको आरोप लगाए ! प्रदेश सदस्य यादवले भने राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधानको धज्जिया उडाएको छ !
गएको बैशाख ३० गते संसदमा विस्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्री ओलीले राजिनामा दिएर प्रधानमन्त्री नियुक्तिको बाटो खोलाउनु पर्नेमा सड्यन्त्र पुर्वक किर्ते हस्ताक्षर गरि दोस्रो पटक दावी पेश गरेको टिप्पणी गरे ! राष्ट्रपतिले विवादित विषयमा छानविन गर्नु पर्ने मा सो नगरी एकै पटक संसद विघटन गरि निर्वाचनको मिति निर्धारण गर्नु संविधानको चिर हरण गरेको बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here