बाजुरा ।। बाजुराको बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार विकको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा उहाँको बाटो मै मृत्यु भएको हो । एक हप्तादेखि बिरामी रहनुभएका वडाध्यक्ष विकमा हिजो बिहान मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारीक स्रोतले बताएको छ । अवस्था जटिल देखिएपछि विकलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको थियो । तर, जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विकलाई डडेलधुरा रेफर गरिएको थियो । जिल्ला अस्पतालबाट डडेल्धुरा लै जाने क्रममा उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभावमा उहाँलाई बाहिर रेफर गरिएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।