काठमाडाैं ।। सरकारले उपचार बाहेकका काममा घर र विभिन्न उद्योगमा राखेका झण्डै ८ हजार थान अक्सिजन सिलिण्डर जफत गरेको छ । उद्योग मन्त्रालय र नेपाल प्रहरीमार्फत गरी झण्डै ८ हजार सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरिएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जानकारी दिनुभयो । अझै केही व्यक्ति र उद्योगसँग सिलिण्डर हुनसक्ने आशंकामा निगरानी बढाइएको उहाँको भनाइ छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएपछि उपचार बाहेकका काममा सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको छ । काठमाडौं उपत्यका भित्रका ८ र उपत्यका बाहिरका १७ गरी २५ वटा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा रहेको महानिर्देशक भुसालले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।