काठमाडाैं ।। स्वास्थ्य मन्त्रालयले देशका २२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । त्यस्तै कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेकाले सचेत रहन सहप्रवक्ता समीर कुमार अधिकारीले आग्रह गर्नुभयो । सरकारले एम्बुलेन्स चालकलाई भेदभाव नगरी कोरोना सङ्क्रमितलाई अस्पतालसम्म लैजान निर्देशन दिएको पनि सहप्रवक्ता अधिकारीले बताउनुभयो । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












