काठमाडाैं ।। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने बताएको छ । आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि निर्णय नभएको नेता गिरिराजमणी पोखरेलले सीआईएनसँग बताउनुभयो । उहाँले फेरि अर्को बैठक बसेर नयाँ निर्णय गर्ने बताउनुभयो । सरकारबारे नेपाली काँग्रेस र जसपाले निर्णय नगरेकोले अहिले नै आफ्नो पार्टीले समर्थन फिर्ताबारे निर्णय नगरेको उहाँको भनाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here