काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ६३ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७२ हजार १८७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या क्रमश बढिरहेको भए पनि पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । सोमबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० जना रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ११८२ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ४८ हजार ९९३ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि,९० जना डिस्चार्ज
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












