रौतहट ।। रौतहटको उखु किसानको वर्षै देखि भुक्तानी बाँकी रकम लिन श्रीराम सुगर मिल्सले चैत्र मसान्त भित्र आउन आहवान गरेको छ । श्रीराम सुगर मिल्स माथी उखु किसानको करिव सवा तिन करोड रुपैया अझ वाँकी रहेको देखिए पछि भुक्तानी दिने मिल्सले अनाकानी गरिहेको अवस्थमा आजै भएको सम्झौता अनुसार चैत्र मसान्त भित्र आफ्नो वाँकी रहेको रकमको भुक्तानी लिन आउन आहवान गरिने निर्णय गरिएको छ ।

रौतहट प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा श्रीराम सुगर मिल्स र उखु किृषक विच उखु भुक्तानीको लागि भएको पदाधिकारी बैठकले ५ वुन्दे निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् ।
बैठकले बक्यौता रकम भुक्तानी लिन चैत्र मसान्त भित्र श्रीराम सुगर मिल्समा आउने आवहान गरिने, चैत्र मसान्त भित्र नआउने कृषकले आर्थिक वर्ष २०७७÷७८ मसान्त सम्म दावी गर्न सकिने छ, सो दावी बमोजिमको भुक्तानी सुगर मिल्सले पाछिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै समयमा भुक्तानी लिन कृषकले नआए भुक्तानी बाँकी रहेको रकम कृषक बाहेक अरुलाई भुक्तानी नदिने गरि जिल्ला प्रशासन कार्यालय रौतहटले बैँक खाता रोक्का राख्ने सर्व सहमतिबाट निर्णय गरिएको समेत प्रजिअ यादवले जानकारी गराए ।
हाल सम्म ३ करोड २३ लाख ७५ हजार ४ सय १६ रुपैया बक्यौता रहेको जनाइएको छ ।
