एजेन्सी ।। फ्रान्सको राजधानी पेरिसमा एक महिनाको लागि लकडाउन घोषणा भएको छ । पेरिसका साथै देशका अन्य १५ सहरमा पनि आज रातिबाट लकडाउन लागू हुने छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि लकडाउनको घोषणा गरिएको हो । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध नरहने जानकारी गराउनुभएको छ । फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।