एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३५ हजार ८७१ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार बिहानसम्मको रिपोर्टका अनुसार कोरोनाका कारण थप १७२ जनाको मृत्यु भएको छ। यससँगै भारतभर १ लाख ५९ हजार २१६ जनाको मृत्यु संक्रमणका कारण भएको छ।
हाल भारतभर २ लाख ५२ हजार ३६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो केही दिनदेखि भारतमा संक्रमणको दर बढ्दै गएको छ। महाराष्ट्रमा मात्रै २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। जसकारण केही क्षेत्रमा पूर्ण लकडाउन लगाइएको छ भने केही क्षेत्रहरुमा प्रतिबन्धहरु लगाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण फेरि बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
भारतमा ३ करोड ७१ लाख ४३ हजार २५५ जनाले बिहीबार बिहानसम्म कोरोनाविरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।





