काठमाडौं ।। बदलिँदो राजनीतिक परिस्थितिले निम्त्याएको जटिलताका कारण यतिखेर संसदमा सहभागी दलका शीर्षस्थ नेताहरू तनावमा छन्।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने रिफ्रेसमेण्टका लागि भन्दै आज सिन्धुलीतिर लागेका छन् । प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्न भरमग्दुर प्रयास गरिरहेका प्रचण्ड अलिकति रिफ्रेस पनि हुन र नयाँ रणनीतिसमेत तयार गर्न सिन्धुलीतिर लागेको एक नेताले बताए ।
आज उनी सिन्धुलीका नेता हरिबोल गजुरेलको निजी निवासमा बस्ने र आराम गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । भोलि विहान भने उनी स्थानीय रातामाटा झाँगाझीलीमा आयोजना गरिने कार्यकर्ता भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ । भोलि दिउँसो प्रचण्ड राजधानी फर्कने पनि स्रोतले बताएको छ । अध्यक्ष प्रचण्ड बेला बेला रिफ्रेस हुन कहिलेकाहीं सिन्धुपाल्चोकतिर जाने गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।