काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।
देशभर ९ सय ५४ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख २४ हजार २ सय ९३ पीसीआर परीक्षण भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here