काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच हिजो साँझ सत्ता साझेदार लगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सत्ता साझेदारी लगायत समसामयिक राजनीतिक विषय केन्द्रित भएको बताइएको छ । सत्तासमीकरणमा जसपा निर्णायक शक्ति जस्तै बनेका बेला प्रधानमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । भेटमा के–के विषयमा छलफल भयो एकिन जानकारी नगराइए पनि छलफल ‘सकारात्मक’ भएको जसपाका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । आज पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ । जसपाले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायतका शर्त राख्दै आएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका पाँच शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सहभागी हुनुहुन्थ्यो । जसपाले हिजो दिउँसोको पदाधिकारी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय लिनुअघि एमाले, काँग्रेस र माओवादी केन्द्रसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here