काठमाडाैं ।। ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जना आप्रवासीको मृत्यु भएको छ । ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १ सय ३९ को उद्दार गरिएको छ । राष्ट्रिय सुरक्षा गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुंगा सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको थियो । गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा युरोप प्रवेश गर्नका लागि अफ्रिकी आप्रवासी शरणार्थीहरू ढुंगामा सवार थिए । सुरक्षा निकायले तत्कालै उद्दारको काम गरेकाले धेरैको ज्यान जोगिएको बीबीसीले लेखेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here