रौतहट ।। कोरोना भाइरस अर्थात कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले सीमा नाका खुला गरेको छैन ।
सिमा नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार , होटेल व्यवसाय र स्थानीयहरु सङ्कटग्रस्त बनेका छन् । रौतहटको गौर बैरगनिया सिमा नाका लगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा नाका बन्द भए । त्यसको केही महिनापछि बन्दाबन्दी खुल्यो, तर नाका खुलेन ।
करिब एघार महिनादेखिको लगातार नाका बन्दले सीमा क्षेत्रको होटेल र अरू व्यवसाय चौपट भएको हो ।
रौतहटका स्थानीय, नेता तथा कार्यक्रताहरुले नाका खुलाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समेत गुहारे । महिनौ निरन्तर आन्दोलन समेत गरे । नाराजुलुस, धर्ना गर्दासमेत सरकारले पूर्ण रुपमा नाका खेल्न सकेन ।
जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् । सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदासमेत खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् । व्यवहारमा भने सीमा खुला नै छ । चोर बाटो भएर आवतजावत भने रोकिएको छैन 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here