काठमाडौं ।। भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ ।
मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई दोस्रो चरणको खोप लगाइने भएको छ ।ले दिएको जानकारीअनुसार
साथै, ४५ वर्षमाथिका दिर्घरोगीहरुलाई पनि खोप दिइने सरकारी अधिकारीहरुको भनाइ रहेको छ।
खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।
निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन÷चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री मन्त्री प्रकाश जवादेकर जानकारी दिए ।
भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले खोप लगाइ सकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here