काठमाडाैं ।। भारत र अमेरिकाका सैनिकबीच संयुक्त सैन्य अभ्यास सुरू भएको छ । गत अक्टोबरका लागि तय भएको संयुक्त अभ्यास कोरोनाका कारण रोकिएको थियो । दुई साता लामो संयुक्त सैन्य अभ्यास भारतको राजस्थानको महाजन फिल्ड फायरिङ रेन्जमा सुरू भएको हो । वार्षिक रूपमा हुँदै आएको भए पनि यसपटकको सैन्य अभ्यासले भू–राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विश्लेषकहरूले बताएका छन् । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चार मुलुकको सैन्य गठबन्धन क्वाडमा जोड दिनुभएको थियो । एसिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई रोक्न अमेरिकाले यो क्षेत्रका मुख्य साझेदार मुलुकसँग सैन्य गठबन्धन बनाएको हो । एक दशकअघि सुरू भएको अमेरिका–भारत सैन्य अभ्यासमा पछिल्ला वर्षहरूमा सैनिकको सहभागिता र तालिमको क्षेत्रमा विस्तार गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here