काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।
त्यस्तै यो अवधिमा ४०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको कुल संख्या २००१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ३१२ जना सक्रिय संक्रमित रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here