काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आज दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिनुभयो । शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here