मुम्बइ ।। बलिउड अभिनेत्री कंगना रनावत सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिका कारण प्राय: विवादमा पर्छिन्। पछिल्लो समय उनी फेरि आफ्नो अभिव्यक्तिका कारण विवादमा आएकी छिन्। उनी वेबसिरिज ‘तान्डव’बारे दिएको प्रतिक्रियापछि विवादमा आएकी हुन्। 

डिएनए इन्टरटेनमेन्टका अनुसार, यसपटक ‘तान्डव’ वेबसिरिजबारे दिएको प्रतिक्रियापछि कंगनाको ट्विटर खाता अस्थायी रुपमा बन्द भएको र ट्विटरमा ह्यासट्यागसहित ‘सस्पेन्ड कंगना रनावत’ ट्रेन्डिङमा छ। 

बुधबार कंगनाले ट्विटमार्फत् आफ्नो ट्विटर खाता केही समयका लागि बन्द भएको जनाएकी हुन्। कंगनाको विवादित ट्विटमा उनले ट्विटरका सिइओ ज्याक डोर्सेलाई ट्याग गर्दै लेखेकी थिइन्, ‘उदारवादीहरु अब उनीहरुका काका ज्याकसँग गएर रुन थाले र मेरो ट्विटर अकाउन्टलाई अस्थायी रुपमा प्रतिबन्ध लगाए। उनीहरु मलाई धम्काइरहेछन्। मेरो अकाउन्ट भर्चुअल आइडेन्टिटी कुनै पनि बेला देशका लाग सहिद हुन सक्छ। तर मेरो रिलोडेड देशभक्ति दर्जनौं फिल्ममार्फत् फिर्ता आउने छ। तिमीहरुलाई बाँच्न मुस्किल गर्दिन्छु।’ 

हाल उनको त्यो ट्विट डिलिट गरिसकिएको छ। त्यसअघि कंगनाले सोमबार वेबसिरिज ‘तान्डव’ क्रूर र आपत्तिजनक भन्दै टिप्पणी गरेकी थिइन्। कंगनाले ‘तान्डव’का निर्देशक अली अब्बास जफ्फरलाई ‘मेन्सन’ गरेरै आक्रामक प्रतिक्रिया दिएकी थिइन्। उनले निर्देशकलाई ज्यान गुमाउन सक्नेसम्मको धम्की दिएकी थिइन्।

‘तान्डव’ वेबसिरिजमा हिन्दु देवीदेवताहरुको चित्रणप्रति भारतीय जनता पार्टीलगायत धार्मिक संगसंगठनले आपत्ति जनाउँदै विरोधमा आएपछि यसको निर्माण पक्षले सिरिजका विवादित दृश्यहरु हटाउने निर्णय लिइसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here