जनकपुर ।। धनुषा प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । हिजो जनकपुरधाम उप–महानगरपालिका १९ स्थित ५२ विगहाबाट प्रहरीले कटुवा पेस्तोलसहित लक्ष्मीनियाँ गाउपालिका १ सोहनीका १८ वर्षका विबेक यादवलाई पक्राउ गरेको हो । विशेष सुचनाको अधारमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार यादवको साथबाट दुई थान पेस्ताल र गोली बरामद भएको छ । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाइएको पनि उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here