काठमाडाैं ।। भारतले आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेश मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप उपलब्ध गराउने तयारी भइरहेको छ । त्यसैगरी श्रीलंका, अफगानिस्तान र मोरिससलाई पनि भारतमा बनेको कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताइएको छ । भारतले खोप उपलब्ध गराउनुका अघि खोप सम्बन्धी तालिम, खोप भण्डारण, कोल्ड चेन लगायतका विषयमा सम्बन्धीत मुलुकमा कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा पनि जानकारी मागेको छ । यस्तै खोप लगाउने जनशक्तिलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ । भर्चुअल माध्यमबाट सञ्चालित २ दिने तालिम आज सम्पन्न हुनेछ । नेपाल सरकारले भारतले विकास गरेको कोरोना विरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि भारतले खोप उपलब्ध गराउन थालेको हो । भारतको सिरम इन्स्टीच्यूट अफ इन्डियाले विकास गरेको कोरोना विरुद्धको खोप हाल भारतमा अभियानको रुपमा सञ्चालित छ ।
भारतले आजदेखि नेपालसहित ६ छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।