काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोधेको पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको र सोही अनुसार साधारण सदस्यबाट पनि हटाउने गरि गरेको निर्णय बालुवाटारमा बुझाएको नेता सुरेन्द्र पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो । नेकपाका दुबै पक्षका नेताहरुले आ–आफ्ना पक्षका नेता कार्यकर्तालाइ भेट्ने र प्रशिक्षण दिने काम गरिरहेका छन् । दैनिक जसो हुने छुट्टा, छुट्टै बैठक तथा भेलालाइ सम्बोधन गर्दै दुबै पक्षका नेताहरुले एक अर्काको आलोचना गर्दै आइरहेका छन् । हिजो आफ्नो समूह निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताउनुभयो । सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उहाँले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गर्नुभयो ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सोध्यो स्पष्टीकरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।