रौतहट ।। कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहटका पनि समुदायिक तथा निजीविद्यालयहरू बन्द हुन थालेको छ । रौतहटको गौर, गरुडा, राजपुर र परोहा नगरपालिकाका सबै विद्यालयहरू शीतलहरका कारण ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो । एक सातादेखि चलेको शीतलहरका कारण यी नगरपालिकाहरूले आइतबार सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरसको थप जोखिमको सम्भावना उच्च हुन देखिएकाले गौरका सबै सामुदायिक तथा निजी विद्यालय ७ मंसिर (बुधबार)सम्म बन्द गरिएको नगरप्रमुख अजय गुप्ताले जानकारी दिए ।
गुप्ताले वर्ष बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बताए । त्यसै गरी गरुडा नगरपालिकाका विद्यालयहरू पनि आउँदो ६ गतेसम्म बन्द रहने प्रमुख इनु राय यादवले बताए । साथै, रौतहटको राजपुर नगरपालिका विद्यालयहरू पनि ६ गतेसम्म बन्द गरिने निर्णय गरिएको प्रमुख सकिल अक्तरले बताए । त्यसै गरी परोहा नगरपालिकाको प्रमुख शेख वकिलले चिसोकै कारण नगरको विद्यालयहरू बन्द गर्न यस्तो निर्णय गरिएको बताए ।
चिसाेका कारण रौतहटका विद्यालय पनि बन्द
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












