काठमाडाैं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गर्नुभएको छ । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि गर्नुभएको भाषणको बचाउनु गर्नुभएको हो । उहाँले आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको दावी समेत गर्नुभएको छ । ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाव दिनुभएको थियो । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए । नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको बताइएको छ । संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । यसैबीच, तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उहाँले केहि स्थानमा संकटकाल लागू गर्नुभएको छ । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here