काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएका छन् । यसका साथै हालसम्म २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् ।
प्छिल्लो २४ घण्टामा थप ४ जनाको मत्यु भएको छ ।यसका हालसम्म १९०३ जनाको मृत्यु भएको छ ।
हालसम्म ५०५८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।