रौतहट ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले रौतहटमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले सदरमुकाम गौरमा मंगलबार प्रदर्शन गरेको छ ।
नेकपाका केन्द्रीय नेता मातृका ्प्रसाद यादवको नेतृत्वमा सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवले आरोप लगाए ।
ओलीको नेतृत्वमा देश सुम्पिनु नै सबैभन्दा ठूलो भूल भएको बताउदै उनले अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पर्ने षड्यन्त्रमा लागेकाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए ।
विरोध प्रदर्शनमा पूर्वसांसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादवलगायत सहभागी थिए ।

प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले, केप ीओली चोर कुर्सी छोर जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।












