काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । नेकपाको आन्तरिक विवादका कारण संसद विघटन भएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन सुरु गरेछन्।आज देशका सबै शहरहरुमा नेकपा प्रचण्ड–नेपाल पक्षले आन्दोलन गरिरहेको छ। उपत्यकाका विभिन्न ठाउँबाट नाराबाजी गर्दै र्याली निस्किएको हो। सभाका लागि प्रदर्शनी मार्गको सडकमा नै स्टेज बनाइएको छ। आज काठमाडौं उपत्यकाका सबै सडकहरुमा सवारी आवागमनमा समस्या भएको छ।पार्टी भित्रको आन्तरिक कलहका कारण सरकार चलाउन समस्या भएको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध सडक आन्दोलन सुरु गरेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












