काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) ले आज काठमाडौंमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध (जसपा०ले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका थिए । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुनेछ ।
कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गर्ने तय भएको छ ।


संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here