गुल्मी ।। गुल्मीमा ट्रकले ठक्कर दिँद २ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताउनुभयो । बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा राति साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।