काठमाडाैं ।। सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले २ सय ९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २ सय ५० मत प्राप्त गर्नुभयो । वरिष्ठ अधिवक्ता शाक्यले बृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गर्नुभएको थियो भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेर चुनावी मैदानमा उत्रिनुभएको थियो । नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी हुनुभएको छ । महिला सदस्यमा अमिता गौतम पौडेल, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here