काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ५७०६ जनाको गरिएको परीक्षणमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।
हालसम्म देशभरमा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १७६५ रहेको छ ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।