नुवाकोट ।। रसुवामा प्रहरीले सुनका गरगहना लगाएर नहिड्न सर्वसाधारणलाई आग्रह गरेको छ । सुनको गहना लगाएकै कारण स्कूले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको हो । कालिका गाउँपालिका–१ राम्चे खार्साको फैक्रिगाङकी ६ वर्षकी स्कुले बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको १० हजार रुपैयाँ बराबरको सुनको मुन्द्रा लुटपाटको घटनाले यही मङ्सिर २१ गते ज्यान गुमाउनु परेपछि आपराधिक घटना रोक्न रसुवा प्रहरीले गहना नलगाउन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो । महामारीको रुपमा पैmलिरहेको नोवेल कोरोना अर्थात् कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्न रसुवा प्रहरीले आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here