एजेन्सी ।। भारतमा एकैदिनमा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा काेराेना संक्रमितको कुल संख्या ९७ लाख ३५ हजार ८५० पुगेका छ ।

जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै भारतमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ४०२ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ । 

भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ४६० अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ५९ हजार ८७३ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here