काठमाडाैं ।। विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको संयुक्त आयोजनामा आजदेखि तीन दिनसम्म ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको हो । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी विश्वमै पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो । गत जेठमा हुने भनिएको कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो ।१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको १४ औँ दिनको अवसर पारेर कार्यशालाको आयोजना गरिएको दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालको सचिवालयका सदस्य अनुपा रेग्मीले जानकारी दिनुभयो । महिनावारीका सम्बन्धमा भएगरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तीका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । भर्चुल र प्रत्यक्ष रुपमा गरिने गोष्ठीमा सबै महादेशका अनुसन्धानकर्मी अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरुको सहभागिता रहने छ । भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकार देखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयन सम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री पनि प्रदर्शनहुनेछ । । गोष्ठीको पहिलो दिन आज मर्यादित महिनावारी सम्वन्धी हाते किताव ‘अ प्राक्टिकल ह्याण्डबुक’ को विमोचन पनि हुनेछ । जुन दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जालप्रमुख तथा अभियन्ता राधा पौडेलको संयोजनमा २० देशका ४४ जना लेखकहरूले लेखेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here