काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २२७६४० जना पुगेको छ। 
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४३७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ।
आज पछिल्लो २४ घण्टामा कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १६७९३ रहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here