रौतहट ।। महोत्तरीको बर्दिवासमा भएको घटनाका दोषीलाई कार्यवाहीको माग गर्दै मेची महाकाली बुहारी आवाज प्रदेश नम्बर २ ले विहिवार रौतहटका जिल्ला प्रमुख अधिकारी इन्द्र देव यादवलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश २ का संयोजक पुजा पाठक सहित महिलाकर्मी लगायतको सहभागीतामा विहिबार प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापन पत्र बुझाइएको संयोजक पाठकले संगम खबरलाई बताउनु भयो । गत आइतबार अपहरणपछि हतया गरिएकी बर्दिबास–१४ की ३ वर्षीय बालिका गुलाब खातुनको शव बोराभित्र कोचिएको अवस्थामा खाली चौरमा सोमबार मध्यराति भेटिएको थियो ।बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का अरुण साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ । त्यही घटनाको विरोधमा प्रहरीको गोली लागेर संजय न्यौपानेको उपचारको क्रममा मंगलवार राती काठमाडौंमा ज्यान गएको थियो । मृत्यु भएका संजय न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर, गौशालासहितका ठाउँमा प्रदर्शन भएको थियो ।
बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले बुधबार दिनभर प्रदर्शन गरेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here