काठमाडाैं ।। नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो ।नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ ।नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउनुभएको छ । बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here