एजेन्सी ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेपछि उनी आवद्ध रिपब्लिक पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका नेता एवम् पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले राष्ट्रपतिमा चुनिएका जो बाइडनलाई बधाई दिँदै चुनाव निष्पक्ष भएको बताएका छन् भने अन्य केही ठूला नेताले अझै ट्रम्पको हार स्वीकार गरेका छैनन्।

हाउस अफ रिप्रेजेन्टेटीभका पार्टी नेता केविन म्याक्कर्थीले चुनावबारे कुरा गर्नुअघि हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले भने अझैपनि मतदानमा धाँधली भएको र चुनावी परिणाम चोरिएका आरोप लगाइरहेका छन्। तर ट्वीटरले उनको दावीलाई विवादित रहेको सूचित गरिदिएको छ। ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘यी मानिस चोर हुन् भन्ने हामी ठान्छौं, यो एक चोर लागेको चुनाव हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here