रौतहट ।। भन्सार छलेर ल्याइएको लाखौं मूल्य बराबरको समान रौतहट प्रहरीले बरामद गरेको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्र्तगत विभिन्न समयमा यस कार्यालय मातहत प्रहरी चौकी बेलविछवा,रामपुरखाप र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली गरी नेपाल भित्रयाउदै गरेको अवस्थामा १ लाख ५२ हजार ६ सय ८० रुपैँया बराबरको कष्टमेटिक समानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मिति २०७७÷०६÷१५ गते शनिवार राती जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोली सदरमुकाम गौर वडा नं.१ स्थित नेपालबाट निकसी गरी भारत तर्फ लैजानको लागी बाटोको छेउमा राखेको करिब ६ हजार ७५ रुपैया बराबरको कस्तुरी रक्सी र १ लाख ५८ हजार ७ सय ५५ रुपैया बराबरको छोहडा वेवारिसे अवस्थामा फाले पारेको प्रहरीले जनाएको छ ।
उक्त सर–समानहरु आवश्यक कार्वाहीको लागि आइतवार गौर भन्सार कार्यालयमा बुझाइएको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here