काठमाडाैं ।। साविक विजेता मुम्बई इन्डियन्स युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । दुबईमा गय राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्यमुम्बईले १४ ओभर २ बलमामात्र १ विकेट गुमाएर पुरा ग¥यो ।मुम्बईसँग पराजित भएपछि दिल्लीको प्ले अफयात्रा कठिन बनेको छ । हिजै भएको अर्को खेलमासनराईजर्स हैदरावादले प्ले अफको यात्राको सम्भावनाकायमै राखेको छ । दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजितगर्दैै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।१ सय २१ रनको लक्ष्य पछ्याएको हैदरावादले १४दशमलव१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।प्ले अफमा पुग्नका लागि हैदरावादलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here