काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ जना गरि ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
त्यसतै पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
शुक्रबार १६ संक्रमितको निधन भएको छ । नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
उपत्यकामा १ हजार ८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ७८१ महिला र ११ सय ७ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै बागमति प्रदेशमा संक्रमित थपिएका छन् । बागमति प्रदेशमा २ हजार २ सय ६६, प्रदेश १ मा ५ सय ६८, प्रदेश २ मा १ सय ९ जना, गण्डकी प्रदेशमा २ सय २४ जना, लुम्बिनी प्रदेशमा २६५, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना संक्रमित थपिएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।