एजेन्सी ।। लोकप्रीय बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् ।
उनको शनिबार रोहनप्रित सिंहसँग विवाह भयो ।विवाहमा नेहा रातो पोशाकमा सजिएकी थिइन् । उनी पक्का हिन्दु संस्कृतिकी दुलही जस्ती देखिन्थिन् । तर, उनीहरुको विवाह भने दिल्लीस्थित गुरुद्वारामा भएको हो । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ ।

रोहनप्रित पञ्जाबी हुन् । यी दुईबीचको प्रेम विवाहमा परिणत भएको हो ।

विवाहको रिसेप्सनमा पनि नेहा रातो पोशाकमा सजिएकी थिइन् । उनी रोहनसँग खुशीले नाँचेको भिडियो समेत सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here