एजेन्सी ।। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ५ सय २२ जनाको मृत्यु भएको छ । यो अवधिमा त्यहाँ ६९ हजार १ सय ५६ जना सङ्क्रमित थपिएका छन्। अमेरिकामा कुल सङ्क्रमित सङ्ख्या ८९ लाख ६२ हजार १७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३१ हजार ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५८ लाख २८ हजार ३७५ जना सङ्क्रमणमुक्त भएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।