काठमाडाैं ।। भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लागेको छ। नरावणे यहीकात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौँ आउने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईले जनाएको छ । कोरोना महामारीका कारण लकडाउन अर्थात बन्दाबन्दीको घोषणाका कारण सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण स्थगित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो।भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ। यो परम्परा सन् १९५० देखि चल्दै आएको छ। नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here