काठमाडाैं ।। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ ।कोरोना भाईरसलाई मध्ये नजर गर्दै ‘ड्र’ भर्चुअल हुनेछ । जसमा सबै देशका प्रतिनिधिको सहभागिता हुनेछ ।युरोपियन छनोटमा ५५ राष्ट्र सहभागी हुने छन् । जसलाई १० समूहमा विभाजन गरिने छ ।समूह चरणमा सबै टिमले होम एण्ड अवेको आधारमा खेल्ने छन् ।१० समूहको समूह विजेता कतार विश्वकपमा छनोट हुनेछन् । उपविजेताले प्ले अफ खेल्ने छन् ।युरोपियन छनोटको खेलहरु २०२१ को मार्चदेखि नोभेम्बरसम्म सकिने बताईएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।