काठमाडाैं ।। अमेरिकाले कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना भएका बिरामीको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको सङ्क्रमणका भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा सो औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको केही दिनपछि अमेरिकाले भने पूर्ण स्वीकृति दिएको हो ।अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिएको हो ।भेक्लरी नामक ब्राण्डको रेमडेसिभिर औषधिलाई एफडिएले स्वीकृति प्रदान गरेको हो । यसरी पूर्ण स्वीकृति पाउने सो औषधि पहिलो हो । यसअघि आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति प्राप्त थियो ।कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेमडेसिभिरसहितका औषधि दिइएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here